चक्कु र पेचकस प्रहार गरि कुवेतमा एक नेपाली महिलाको हत्या

कुवेतमा  रोजिना राई नाम गरेकी एक नेपाली महिलाको हत्या भएको छ।

करिव ५ महिनाअघि मात्र कुवेत पुगेका रोजिनाको प्रमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका हुन्। कुवेतमा रहेका समाजसेवी तथा सामाजिक अभियन्ता घनश्याम थापा मगरका अनुसार उनीहरुको प्रेम सम्बन्धमा खटपट आएपछि रोजिनाले अर्कै प्रमीसँग सम्बन्ध जोडेपछि मादक पदार्थ सेवन गरि चक्कु र पेचकस प्रहार गरि रोजिनाको हत्या गरेको अभियन्ता थापाले बताएका छन् ।

प्रमिकाले समय नदिएको,फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्याउने गरेको साथै भेटघाट र कुराकानी पनि कम हुदै गएपछि प्रेममा खटपट आएका कारण सुनिलले रोजिनाको हत्या गर्ने योजना बनाउछन्।  रोजिना अर्का साथीको कोठामा गएकी हुन्छिन । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकि थिईन् । आफ्नो प्रमिका त्यहाँ गएको कम्फम गरेर हत्या गर्ने योजना सहित उनी आफू बस्ने ठाउँबाट चक्कु र पेचकस लिएर अन्य दुईजना साथीलाई साथ लिएर उनी रोजिनबसेको कोठामा पुगछन्  ।
कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि मादक पदार्थले लठीएका उनले ढोकामा लात्ताले हान्न थालछन् त्यसपछि रोजिनाले धोका खोल्छिन र उनीहरु दुवै बीच वादविवाद बढ़दै जानछ त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको ज्यान लिनछन् ।

अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अभियुक्तले पनि सम्बन्धमा खटपट भएपछि आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।  कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ। अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिईनेछ। ब्लडमनी अर्थात् नगद क्षतिपूर्ति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *