राष्ट्रिय स्वतन्त्र पार्टी रस्वापाका सभापति रवि लामिछाने पूर्पक्षका लागि भैरहवा कारागारमा छन्।
कारागारमा उनलाई नयाँ झुल,बाल्टिन,मेट्रेस लगायत सामग्री उपलब्ध गराइएको छ । उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताएका छन् । ४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखिएको छ । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता छ । तर, अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासक भण्डारीले बताएका छन्।
कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारी बताउँछन् । ‘उहाँले केही गुनासो र माग हामीलाई गर्नु भएको छैन’ भण्डारीले भने, ‘हामी आफ्नै स्वविवेकले उहाँलाई ४ नम्बर ब्लकमा एक्लै राखेका हौं ।’