Homeसमाचारकाठमाडौं महानगरले भत्कायो मैतीदेवी चोकको प्रहरी बिट

काठमाडौं महानगरले भत्कायो मैतीदेवी चोकको प्रहरी बिट

मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले मंगलबार भत्काएको छ ।

मंगलबार मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी उक्त प्रहरी बिट भत्काएको हो ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार नेपाल प्रहरीसँग समन्वयमै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here