Homeसमाचारकर्मचारी बोकेको अस्पतालको बस दुर्घटना हुँदा १ जनाको मृत्य, ४४ घाइते

कर्मचारी बोकेको अस्पतालको बस दुर्घटना हुँदा १ जनाको मृत्य, ४४ घाइते

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको कर्मचारी बोकेको बस दुर्घटनामा परेको छ।

कर्मचारी बोकेर काठमाडौँ आउँदै गरेको बा १ क ५७४७ नम्बरको बस अस्पताल निजकैको भीरबाट खस्दा दुर्घटनामा परेको हो। दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन ।। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन ।घटनामा ७ जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थल पुगेका किरण देउवाका अनुसार बस सडकबाट करिब ३० मिटर तल पुगेको छ।

घाइतेहरुको धुलिखेलकै शीरमेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here