Homeसमाचारकाठमाडौं महानगर मेयरमा पछिल्लो मतपरिणाम यस्तो, बालेनको ‘लौरो’ को भयो कमाल

काठमाडौं महानगर मेयरमा पछिल्लो मतपरिणाम यस्तो, बालेनको ‘लौरो’ को भयो कमाल

काठमाडौंमा बालेनको ‘लौरो’ को कमाल गरे संगै काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्। सोमबार बेलुकीसम्म उनले ८२४८ मत पाइसकेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४३४२ मत पाएका छन्। उनीहरूबीच ३ हजार नौ सय ६ मतको मतान्तर छ। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ३७८१मत पाएकी छन्।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भैसकेको । दुवै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वार्ड नम्बर ३,४, ५, ६, ३१ र ३२ को मतगणना भैरहेको छ।

अहिले गणना भइरहेको ४ र ३१ वडामा पनि बालेनलाई अत्यधिक मत प्राप्त भएको छ । वडा नम्बर ४ मा ९ हजार र ३१ मा ११ हजारभन्दा बढी मत खसेको थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here