Homeसमाचारडाक्टरको सिफारिसविना घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

डाक्टरको सिफारिसविना घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

सरकारले डाक्टरको सिफारिसविना घरमा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अनुरोध गरेको छ ।

कतिपय व्यक्तिले डाक्टरको सल्लाहविनै घर घरमा अक्सिजन सिलण्डर लगेर राखेको पाइएको भन्दै मुख्यसचिव स्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले घरमा राखिएका सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयले नजिकको अस्पताल या स्थानीय प्रशासनमा अक्सिजन सिलिन्डर बुझाउन भनेको छ ।

घरमा अक्सिजन राखे/नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र सिलिन्डर दिए/नदिएको अनुगमन गर्न पनि मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिनुभयो । यस्तै हरेक अक्सिजन उद्योगमा अक्सिजन सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here