Homeसमाचारसिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने मंगलबार (चैत १० गते) अन्तिम दिन हो । सोमबारसम्म यसमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।
 
बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो ।
 
माग भन्दा बढी आवेदन परिसकेकाले मंगलबार बिक्री बन्द हुन लागेको हो । सिंगटीले चैत ६ गतेबाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here