काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता रहेको ।
पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ । जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि समूह बी मा रहेका इरान र बंगलादेशबीच बिहान ११ बजे पहिलो खेल सुरु हुनेछ । दिउँसो २ बजे उद्घाटन समारोह हुने छ । उद्घाटन समारोहपछि दिउँसो साढे ३ बजे समूह ए मा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दिनको तेस्रो खेल समूह ए कै दुई टोली किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा समूह ए मा घरेलु टोली नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् भने समूह बी मा इरान,काजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।
