जेनजी सांसद केपी खनाल भन्छन्– देशमै बस्ने वातावरण होस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले जवाफदेहिता, इमानदारिता र पारदर्शिताले जनतामा आशा जगाउने बताएका छन् ।

बिहीबार (चैत १२) नवनिर्वाचित सांसदहरूको शपश कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“जवाफदेहिता, इमान्दारिता र पारदर्शिताले जनतामा आशा जगाउँछ । यो देशमै बस्ने वातावरण होस् । यो देशमा शिक्षा, स्वास्थ्य गुणस्तरीय होस् । त्यसपछि जेनजीका सपना पूरा हुन्छन्,” खनालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *