नेकपाबाट वर्षमानले गर्ने भए संसद्‌मा सम्बोधन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट आज (चैत १९) प्रतिनिधिसभा बैठकमा सांसद वर्षमान पुनले सम्बोधन गर्ने भएका छन् । बैठकमा नेकपाका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्बोधन गर्ने तयारी रहेको यसअघि उक्त पार्टी स्रोतले  बताएको थियो ।

तर, नेकपाका तर्फबाट पुनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयमा जानकारी गराइएको छ । पुन रोल्पाबाट निर्वाचित सांसद हुन् ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा बैठक बस्दै छ ।

अधिवेशनको आरम्भमा दलका नेता र स्वतन्त्र सांसदले बोल्ने परम्परा छन् । सांसद समेत रहेका शीर्ष/संसदीय दलका नेताले यस दिन सम्बोधन गर्नेछन् । सोहीअनुसार तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *