काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् ।
तिनकुने घटनामा आगो लागेको घरमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका हुन् । बालेनले परिवारसंगको भेटमा एक व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको बताएका छन्। उनले यस्ता अपराधिक घटनाको न्यायिक छानबिन हुनेपर्ने बताएको उनका स्वकीय सचिब भुपदेव शाहले जानकारी दिएका छन्।
बालेनले रजकको परिवारसंगको भेटमा भन्छन , ‘ व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुदैँ होइन, यो अपराधिक हो । दोष कुनै पनि पक्षको होला त्यो विस्तृत कुरा हो, निस्पक्ष न्यायिक छानबिन हुनैपर्छ । तर्क जे सुकै होस्, कोहिले बिनाकारण ज्यान गुमाउनु भएन ।’
