राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्रवादी नेताहरूले आफ्ना छोराछोरीहरूलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरूलाई विश्वविद्यालयमा ढुङ्गा हान्न सिकाएको आरोप लगाएका छन् ।
सांसद शाहीले कांग्रेस नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इङ्गित गर्दै यस्तो आरोप लगाएका हुन्।
उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरीलाइ त्रिभुवन विश्वविद्यालयमा ढुङ्गा हान्न लगाउने भन्दै नेताहरुमाथि प्रश्न समेत गरेका छन् ।
