महोत्तरीमा पानीको हाहाकार, सुक्न थाले इनार र नदीहरु

पानीको अभावका कारण महोत्तरीका अधिकांश गाउँका बासिन्दाको दैनिकि जीवन प्रभावित हुन थालेको छ।

चैत्र सकिएर वैशाख लागिसक्यो तर गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएको छ । यसले गर्दा महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भईरहदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबासका बासिन्दाहरु बताउछन्।  त्यसैगरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजय बस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन्।

स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञहरू बताउछन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *