नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलीहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको बताएका छन्।
उनले बिचौलीहरूको पहुँच त्यहाँसम्म भएकाले अहिले अर्थतन्त्रमा समस्या बिचौलियाकै कारणले आएको बताएका छन् । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको थापाले बताएका छन्।
महामन्त्री थापा भनछन् , ‘प्राइभेट सेक्टर र बिचौली भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलीको कारणले हो । विचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलीहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलीको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’
थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर समेत गरेका छन् ।