झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीले तीन महिनादेखि अस्पताललाई नै कारागार बनाइरहेका छन् ।
आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको मुद्दा आरोपमा पक्राउ परेका सिवाकोटीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । तर, उनी तीन महिनाभन्दा बढी समयदेखि बीएन्डसी अस्पतालको भीआईपी कक्षमै बसेर सजाय कटाइरहेका छन् । अदालतमा सिवाकोटीले आफू २३ वर्षदेखि प्रेसर र ३७सैतिश वर्षदेखि सुगरको बिरामी भएको बताएपछि इजलासले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यही आदेशमा टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप लागेको छ।
बीएन्डसी अस्पताल विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हो । जो तीनकुने घटनाको मुख्य आरोपीका रूपमा शुक्रबार मात्र पक्राउ परेर अदालतको अनुमतिले काठमाडौं प्रहरीको हिरासतमा छन् । एमाले नेता भने उनकै अस्पतालमा सजाय कटाइरहेका छन् ।
