तिनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताएका छन्।
भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले मंगलबार दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका हुन् ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको हो।