देशको नेतृत्व गर्नेहरु नै विचौलियाको खेलमा सहभागी बनेको शेखर कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।

उनले नेपाललाई समृद्ध बनाउन सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र सतर्क रहन जरुरी रहेको उल्लेख गरेका छन्। उनले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको बताएका छन्।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *