Homeमनोरञ्जनसुनिल कुमार शर्माको उद्घोषणमा ग्रेस ईभेण्टसको ‘मिस ग्रेस एसइइ’ सम्पन्न

सुनिल कुमार शर्माको उद्घोषणमा ग्रेस ईभेण्टसको ‘मिस ग्रेस एसइइ’ सम्पन्न

अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ Saipal Academy को प्रस्तुतीमा ग्रेस ईभेन्ट ले आयोजना गरेको Ms Grace Nepal , Season 3 ra Ms Grace SEE , Season 4 को शिर्ष ताज सुश्री रीतु कार्की (Ms.Ritu Karki) तथा सुश्री चोनिफाई तामाग्ङ (Ms. Chonify Tamang) ले चुमेका छन् भने 1st Runner up मा सुश्री मनीसा लामिक्षाने (Ms. Manisha Lamichhane), 2nd Runner up मा सुश्री स्वस्तिका सिग्देल (Ms. Swastika Sigdel) , Brand Ambassador मा सुश्री प्रशुना भुजेल (Ms. Prashuna Bhujel) र Face of Grace मा सुश्री अनुपा हमाल ठकुरी (Ms. Anupa Hamal Thakuri) ले क्रमशः ताज जितेका छन् ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने Miss Grace Nepal तर्फका बिजेता सुश्री रीतु कार्की ले Ms Rampwalk र Ms Best Figure को अवार्ड आफ्नो हातमा पार्दा Ms Grace SEE तर्फकी बिजेता सुश्री चोनिफाई तामाग्ङ ले Ms Bubbly र Ms Athletic को अवार्ड समेत हात पारिन ।

उक्त प्रतियोगिता को 1st Runner up हुन सफल सुश्री मनीसा लामिक्षाने ले Ms Creative र Ms Multimedia को अवार्ड हात पारिन.

त्यस्तै सुश्री स्वस्तिका सिग्देल ले 2nd Runner up को उपाधि संगै विधागत तर्फको मिस Punctuality , Most Popular र Viewers Choice को अवार्ड जितिन ।

Brand Ambassador ko ताज सगं-सगैं सुश्री प्रशुना भुजेल ले Ms Talent र Ms Style Diva को अवार्ड जितिन ।

Face of Grace समेत भएकि सुश्री अनुपा हमाल ठकुरी ले भने Ms Cupid Photogenic र Ms Glamorous Look अवार्ड जित्न सफल भईन्।

समाजसेवी तथा ग्रेस ईभेन्ट का महा-सचिव श्री पवन कोईराला , फेसन प्रशिक्षक सुश्री जेनी लगुन तथा व्यावसायिक श्रिङ्गारकर्ता श्री टेक राज पाण्डे ज्यु हरुले निर्णायक को भुमिका निर्वाह गरेका थिए।

प्रमुख अतिथि नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराई तथा विशिष्ट अतिथि मा चौतारा सागांचोक गढि नगरपालिका का उप-मेयर सुश्री सीता थापा ज्यु हरुको आतिथ्य मा भएको कार्यक्रमको उद्घोषण सुनिल कुमार शर्मा ( शर्मा जी प्युठान ) ले गरेका थिए।

प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर श्री सुशान्त काजी श्रेष्ठले करिव तिस दिन तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए भने श्री दिवस राज भट्टराई र सुश्री ऋितिका शाहले कार्यक्रम ब्यवस्थापकको जिम्मेवारी निभाएका थिए । आयोजक तर्फ ग्रेस ईभेन्ट का अघ्यक्ष श्री शिसिर तण्डन, संचालक समितिका श्री बिन्द्र प्रजापति, बाग्मती प्रदेश संयोजक श्री धर्म राज पनेरु , क्रियात्मक प्रमुख श्री सौरभ मल्ल ठकुरी, तथा श्री अनिस कार्की, सुश्री सरला राई, सुश्री प्रिती तामाङ को उपस्थिति रहेको थियो। श्री रोविन तामाङ तथा सुश्री सुदीक्क्षा तामाङ द्वारा उध्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सिईओ श्री सुरज थापाले गरेका थिए ।

उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि श्री राम प्रसाद भट्टराई ले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे ।

त्यस्तै, आयोजक संस्थाका तर्फ बाट सिईओ श्री सुरज थापा ज्युले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here