Homeअर्थसिवाईसी नेपाल लघुवित्तको आईपीओको बाँडफाँड सम्पन्न, यसरि हेर्नुहोस नतिजा !

सिवाईसी नेपाल लघुवित्तको आईपीओको बाँडफाँड सम्पन्न, यसरि हेर्नुहोस नतिजा !

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तीमध्ये २२ लाख २ हजार ३६१ आवेदकबाट परेको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सदर भएको थियो । बाँकी ३ हजार २७२ आवेदकबाट परेको ३६ हजार ४९० कित्ता बदर भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार सदर आवेदकमध्ये भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाएका छन् । तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो । जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो ।

आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ । आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here