Homeअनौठो कुरासंसारकै अनौठो मन्दिर जहाँ भगवान हेर्न वर्जित छ, आँखामा पट्टी बाँधेर गरिन्छ...

संसारकै अनौठो मन्दिर जहाँ भगवान हेर्न वर्जित छ, आँखामा पट्टी बाँधेर गरिन्छ पूजा

हिन्दु धर्मावलम्बीहरू भगवानको पूजा आराधना तथा दर्शन गर्नका लागि मन्दिरमा जान्छन् । मन्दिरमा हुने देवी देवताका मूर्तिमा फूल, अक्षता तथा प्रसाद अर्पण गरी पूजा गरिन्छ । तर संसारमा एउटा यस्तो रहस्यमय मन्दिर छ जहाँ भगवानलाई हेर्न वर्जित छ । उक्त मन्दिरमा पुजा आराधना गर्न जाने भक्तजनहरुले आँखामा पटि्ट लगाएर पुजा गर्नुपर्दछ ।

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको देवाल विकासखण्ड अन्तरगत वाण गाउँमा रहेको लाटू देवताको मन्दिर सायद संसारकै एउटामात्रै यस्तो मन्दिर हो जहाँ मूर्तिको दर्शन गर्न पाइँदैन ।

यो मन्दिरमा पुजारीहरूको प्रवेशका लागि पनि अनौठो नियम बनाइएको छ । पुजारी बाहेक अरु महिला र पुरुष कसैलाई पनि मन्दिरभित्र जाने अनुमति छैन । मन्दिरमा मूर्तिको स्वरुपको दर्शन गरिंदैन । दर्शनार्थीले मात्र होइन पुजारीहरूले पनि मूर्ति हेर्दैनन् । मन्दिरभित्र जाँदा पुजारीले पनि आँखामा पट्टी लगाउँदछन् ।

स्थानीय बासिन्दाहरूका अनुसार मन्दिरभित्र भगवानको मूर्तिमा मणिको कडा प्रकाश छ, जसका कारण आँखामा असर पुगेर दृष्टिविहीन हुने जोखिमका कारण पट्टी बाँध्ने गरिन्छ ।

पुजारीको मुखको गन्ध भगवानसम्म नपुगोस् र नाग देवताको विषालु गन्ध पुजारीको नाकसम्म नपुगोस् भनेर मन्दिर प्रवेश गर्दा पुजारीहरूले आँखामा पट्टीसँगै नाकमुख पनि छोप्ने गर्दछन् ।

यो मन्दिर वर्षको एक दिनमात्र खुल्दछ । वैशाख पूर्णिमाको दिनमात्रै मन्दिरको ढोका खोलिन्छ । त्यसबेला दर्शनार्थीहरु मन्दिरको बाहिर जम्मा भएर बाहिरबाटै पूजा गर्ने र हात जोडेर प्रार्थना गर्ने गर्दछन् ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here