Homeअनौठो कुरायो गीतका कारण दुलाहाले दिए दुलहीलाई विवाह मण्डपमै 'डिभोर्स'

यो गीतका कारण दुलाहाले दिए दुलहीलाई विवाह मण्डपमै ‘डिभोर्स’

तपाईंलाई लाग्न सक्छ कि पतीपत्नीबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन कुनै विशेष वा ठूलै कारण चाहिन्छ । प्रायःलाई सम्बन्ध विच्छेदलाई लिएर गर्ने यस्तो आँकलन विस्तारै अमिल्दो हुँदै जान थालेको छ । आजकाल अनौठा अनौठा कारणले सम्बन्ध विच्छेद हुने गरेको पाईएको छ।

यसै सामान्यभन्दा अति सामान्य कारणले पनि डिर्भोस भएको खबर छ । यहाँ एक यस्तो डिभोर्सबारे खबर छ । गीतका कारण कसैको सम्बन्ध विच्छेद भएको यो घटना तपाईंलाई आश्चर्य लाग्न सक्छ । यो घटना इराकको राजधानी बगदादको हो । ‘मिरर’ मा प्रकाशित समाचारका अनुसार, एक गीतका कारण त्यहाँ पतिपत्नीको सम्बन्ध टुटेको छ ।

त्यहाँ एक जोडीको विवाह गरियो र विवाहलगत्तै नाचगान कार्यक्रम राखिएको थियो । नाचगान कार्यक्रममा दुलहीले यस्तो गीत गाइन् की दुलाहा र उनको परिवारले दुलही स्वीकार्नै सकेनन् । निकै दुःखी र आक्रोशीत बनेका दुलाहाले त्यहीँ, त्यती नै बेला तीन पटक ‘तलाक’ भनेर सम्बन्धलाई बीट मारे ।

यो सम्बन्धविच्छेद सबैभन्दा कम समयमा भएको सम्बन्धविच्छेदका रुपमा लिइएको समाचार एजेन्सीले बताएको छ ।

दुलहीले एक एक सीरियाई गीत गाएकी थिइन् । ‘मेसायतारा’ गीतको मतलब थियो की, ‘म तिमीलाई आफ्नो हिसाबले चलाउनेछु ।’यो सुनेर दुलाहा र दुलाहाका परिवारले दुलही नस्वीकारेको बताइएको छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here