Homeमनोरञ्जनपलसँगको सम्बन्धबारे वास्तविकता बताउने समीक्षाको घोषणा: लेखिन यस्तो स्टाटस

पलसँगको सम्बन्धबारे वास्तविकता बताउने समीक्षाको घोषणा: लेखिन यस्तो स्टाटस

गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको आफ्नो सम्बन्धलाई लिएर यथार्थ सार्वजनिक गर्ने भएकी छिन् । आफूले यसअघि लेखेको स्टाटस वास्तविकताभन्दा टाढा रहेको उनको स्वीकारोक्ति छ ।

केहि समय अघि देखि नायक शाह र आफ्नो सम्बन्धका विषयमा मिडियामा निकै नै चर्चा भैरहेको थियो। मिडियामा उनी र पल बिच प्रेम सम्बन्ध र विवाहको सम्झौता भएको हाला बजारमा चलेको थियो। तर यी दुई बीच प्रेम सम्वन्ध रहेको र विवाहको सम्झौतासमेत भएको नेभन्ने कुरा पल र समिक्षा दुवैले खण्डन गरेका थिए ।

गत २४ अक्टोबरमा स्टाटस लेख्दै समिक्षाले पलले आफूलाई अभिभावकको रुपमा माया गरेको भन्दै प्रेम सम्वन्ध अस्वीकार गरेकी थिइन् । तर, आज उनले उक्त स्टाटस कसैको अनुनयमा लेखिएको बताएकी छिन् । चाँडै वास्तविकता सार्वजनिक गर्ने समेत उनको भनाइ छ ।

बिहीबार समीक्षाले लेखेकी छिन्, ‘म लामो केही भन्दिँन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’

तर, यो स्टाटस पोस्ट गरेको आठ मिनेटमै समीक्षाले त्यसलाई डिलिट गरेकी छिन् ।

उक्त फेसबुक पोस्टमा समीक्षाले अघिल्लो पटक पोस्ट गरिएको स्टाटसलाई पनि समावेश गरेकी छिन् । २४ अक्टोबरको पोस्टरमा समीक्षाले आफूलाई नायक शाहले अभिभावकको रुपमा माया गर्ने उल्लेख गरेकी थिइन् । साथै, मिडियाले चरित्र हत्या हुने किसिमले समाचार लेखेको बताएकी थिइन् । उनले हटाएको स्टाटस पुनः पोस्ट गरेकी छिन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here