Homeअर्थयी ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट,कुनको शेयरमूल्य कतिले बढ्यो ?

यी ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट,कुनको शेयरमूल्य कतिले बढ्यो ?

साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको करिब पौने घण्टाको अवधीमा मध्य भोटेकोशी सहित तीन कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको हो ।

मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.२८५ पुगेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य ५००.२० र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३३५ पुगेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here