Homeअर्थदुई घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढ्यो, ४० मिनेटका लागि कारोबार बन्द

दुई घण्टा नपुग्दै नेप्से ५ प्रतिशतले बढ्यो, ४० मिनेटका लागि कारोबार बन्द

मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेको छ। दर्जन बढी कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेपछि ४० मिनेटका लागि सेयर कारोबार बन्द भएको हो।

मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा नेप्से सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको छ। यस्तै सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको छ।

अब ४० मिनेटपछि नेप्सेमा पुनः कारोबार सूचारु हुनेछ। अहिले लगानीकर्ताहरु वित्ती र डेभलपमेन्ट समूहको सेयरमा झुम्मिएका छन्। सो समूहको क्रमश ७.३१ प्रतिशत र ७.२८ प्रतिशतले सेयर मूल्य बढेको छ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरलाई साम्राज्यवादीको विकास रुप भएको बताएका थिए। दाहालले नकारात्मक टिप्पणी गरेसँगै सो दिन नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ अंकमा झरेको थियो।

बजार खुलेको पहिलो घन्टामा नेप्‍से  ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ भएका ४० मिनेट र तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा त्यो यो दिनको बाँकी कारोबार स्थगित गरिने प्रावधान छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here