HomeUncategorizedमेस्सीले आँसु पुछेको टिस्यु पेपर १० लाख डलरको लिलामीमा, पिएसजीमा डेभ्यु कहिले...

मेस्सीले आँसु पुछेको टिस्यु पेपर १० लाख डलरको लिलामीमा, पिएसजीमा डेभ्यु कहिले ?

बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लिलामीमा राखिएको छ ।

पत्रकार सम्मेलनमा निकै भावुक देखिएका मेस्सी कार्यक्रमकै दौरान पोडियमअघि रोएका थिए । आँसु पछ्नका लागि उनकी श्रीमती एन्टोनेला रोकुज्जोले टिस्यु पेपर दिएकी थिइन् । त्यही टिस्यु पेपर अहिले लिलामीमा राखिएको हो ।

त्यसको आधार मूल्य १० लाख अमेरिकी डलर तोकिएको छ । त्यो टिस्यु पेपर पत्रकार सम्मेलनमा उपस्थित एक जनाले राखेका थिए । अहिले उनले त्यो पेपरलाई अनलाइन विज्ञापनमा राख्दै बिक्री गर्न चाहेको जनाएका छन् । भर्खरै मात्र अनलाइन अन्तर्राष्ट्रिय ई–कमर्स प्लेटफर्म मिकेडुओले अक्सनबारे सूचना सार्वजनिक गरेको थियो ।

सूचना अनुसार त्यहाँ मेस्सीको डीएनए छ । जसलाई उनीजस्तै खेलाडीको क्लोनिङ गर्न पनि प्रयोग गर्न सकिन्छ । बार्सिलोना क्लबका सर्वाधिक उपाधि विजेता र गोलकर्ता मेस्सी अहिले पीएसजीमा छन् । उनले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

साथै उनले पिएसजीमा प्रशिक्षण शुरु गरेसँगै अब पिएसजीमा डेभ्यु गर्छन भन्ने विषय धेरैको कौतुहलताको विषय बनेको छ । फ्रेन्च लिग वान शुरु भैसकेको छ भने पिएसजीले पहिलो खेलमा नेइमार र मेसी बिना खेलेको खेलमा स्ट्रासबोर्गविरुद्ध ४-२ गोल अन्तरले जित पनि हासिल गरिसकेको छ ।

मेसीले भने पिएसजीको यस सिजनको पहिलो खेलमा खेलेनन् तर उनी मैदानमा उपस्थित बह्येर आफ्नो परिवार र नेइमारसँग बसेर खेल हेरेका थिए ।

यसै बिचमा अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गत भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने भएकाले मेसीले त्यस अघि नै पिएसजीमा डेभ्यु गर्ने फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । अर्जेन्टिनाले सेप्टेम्बर ३ मा भेनेजुएला, सेप्टेम्बर ६ मा ब्राजिलसँग र सेप्टेम्बर १० मा बोलिभियासँग खेल्ने तालिका रहेको छ ।

त्यसैले मेसीले अब पिएसजीका लागि अगस्ट २९ मा हुने रेइम्सविरुद्धको खेलमा डेभ्यु गर्ने भएका छन् । सो खेल अवे हुने छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here