Homeफिल्मस्वस्तिमा संगै दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा अन्य यी दुई नेपाली कलाकारको...

स्वस्तिमा संगै दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा अन्य यी दुई नेपाली कलाकारको पनि अभिनय रहने

दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा स्वस्तिमा खड्का सहित अन्य दुई नेपाली पनि कलाकार देखिने भएका छन् । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता/निर्देशन माओत्से गुरुङ र थिएटर आार्टिस्ट उमेश तामाङको अभिनय रहनेछ ।

अनन्या फिल्मस् निर्माण कम्पनीका एक प्रतिनिधिले नेपालबाट यी तीन कलाकार हुने पुष्टि गरेका हुन् । साथै अभिनेता गुरुङले पनि यस चलचित्रमा देखिन लागेको पक्का भइसकेको जानकारी गराएका छन् । “निर्माण टिमसँग कुरा भइसकेको छ । म यस चलचित्रमा देखिन लागेको खबर पक्का हो ।”

दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालका तर्फबाट अनन्या फिल्मस्‌द्वारा निर्माण हुन लागेको हो । राजीव सेट्टीले निर्देशन गर्ने यस फिल्म मलायलमबाहेक हिन्दी र नेपाली भाषामा पनि निर्माण हुँदै छ ।

नेपालको कपिराइट अधिकार अनन्या फिल्मस्‌ले लिएको छ । नेपालको काठमाडौं र मुस्ताङमा हुने छायांकनको जिम्मा पनि अनन्या फिल्मस्‌ले लिएको छ । “१५ मार्चदेखि फ्लोरमा जाने योजना छ । अब हेरौं तोकिएको समयमा जान सकिन्छ कि सकिँदैन,” अनन्या फिल्मले मार्चको मध्यतिरबाट चलचित्र छायांकनमा जाने तयारीमा रहेको जनाएको छ ।
अभिनेत्री स्वस्तिमालगायत साउथकी अभिनेत्री पनि हुने तर स्वस्तिमाको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here