Homeफिल्मफिल्म पढ्न चाहाने २४ विद्यार्थीहरुलाई ओस्कारको छात्रवृत्ति

फिल्म पढ्न चाहाने २४ विद्यार्थीहरुलाई ओस्कारको छात्रवृत्ति

फिल्म सम्बन्धी अध्यापन गराउने ओस्कार कलेजले यस वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ । ओस्कार कलेज फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्देश्यसहित १६ वर्ष अगाडि स्थापना भएको थियो । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्ने इच्छा भएका विद्यार्थीको सपना आर्थिक अभावका कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ ।

२४ जनामध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ र बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ । कलेजका अनुसार ‘कोभिड रिलिफ अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । त्यस्तै, ‘फिल्म एन्ड मिडिया प्रोफेसनल अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

फिल्म पढ्न चाहने विद्यार्थी र कलेजबीचको सम्बन्ध प्रगाढ बनाउन छात्रवृत्तिको घोषणा गरेको कलेजले जनाएको छ । ओस्कार कलेजमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ । यो कलेजले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ  ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here