नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै अस्तित्व नरहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।
उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरेका छन् । उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताएका हुन्। उनले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिएको शुभकामनाप्रति असुन्तुष्टि जनाएका छन् ।
पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बदमासी गर्न खोजिरहेको आरोप लगाएका छन् ।
