नेपाल विद्युत् प्राधिकरणले छोटो समय बिजुली जाँदा लोडसेडिङको भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले एक बिज्ञप्ति निकाल्दै भनेको छ ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रिमन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनी भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’,।
प्रतिकूल मौसमका कारण अवरुद्ध बिजुली पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिनरात निरन्तर काम भई अधिकांश स्थानमा यथाशीघ्र विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणको भनाइ छ ।