कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री लेखकलाई जवाफ माग गरेकी छन् ।
सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’ निर्मला पन्तको हत्या प्रकरणलाई अन्त्य गरि दोषीलाई कानूनी कठघरामा उभ्याउने साहस कहिले देखाउनुहुन्छ, मन्त्रीज्यू ?’
त्यसको जवाफमा गृहमन्त्री लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।
