‘जेल भित्र रविको यस्तो हालत ‘ भन्ने एई भिडयो भयो भाइरल, त्यसपछि सरकारको व्यापक आलोचना

सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले हिरासतमा निकै दुःख पाएको दृश्य देखायिएको एउटा भिडयो भाइरल भइरहेको छ ।

भाइरल भइरहेको उक्त भिडिओमा आएका धेरैजसो प्रतिक्रिया हेर्दा मानिसहरूले त्यसलाई विश्वास गरी वर्तमान सरकारको आलोचना गरिरहेका छन्।  तर उक्त भिडिओ एआई प्रयोग गरि  तयार पारिएको हो ।  जीवन ओली नामका टिकटक प्रयोगकर्ताले एक भिडिओ राखेका थिए । टिकटकमा ‘ @Jeevan.ai ’  युजरनेम भएका प्रयोगकर्ताले ‘“जेलभित्र रविको हालत यस्तो ? हेरेपछि तपाईंको मन काँप्न सक्छ !” क्याप्सन राखेर एउटा भिडिओ राखेका छन् ।
सो भिडिओमा लामिछानेले हिरासतमा दुःख पाएको र त्यसैको पीडाले रोएको देखाइएको छ । उक्त पोस्टमा आएका अधिकांश कमेन्ट हेर्ने हो भने टिकटक प्रयोगकर्ताले लामिछानेप्रति सहानुभूति प्रकट गर्दै सरकारको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *