कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने प्रचण्डको टिप्पणी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बर्समा नया सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन्।

उनले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने जिकिर गरेका छन् ।  उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारेका छन् । प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको बताएका छन् । उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरेका छन्।

त्यस्तै उनले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *