सरकारले गठन गरेको एक उच्चस्तरीय आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष बनाउन सुझाव दिएको छ।
पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित समितिले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० पुर्याउन सुझाव दिएको हो। समितिले आगामी पाँच वर्षसम्म ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका भत्ता वृद्धि नगर्न र त्यसपछि मूल्यवृद्धिका आधारमा हरेक दुई वर्षमा मात्रै भत्ता बढाउन सुझाव दिएको हो।
खनालको नेतृत्वमा अर्थशास्त्री, व्यवसायीहरूको समितिले तयार पारेको प्रतिवेदनमा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्षमा पाउँदै आएको भत्ता पनि ६५ वर्ष पूरा भएपछि मात्र दिन सुझाव दिइएको छ।
अहिले सरकारले ज्येष्ठ नागरिक भत्ताका रूपमा ६८अठसत्ठी वर्ष पूरा भएकालाई मासिक चार हजार रुपैयाँ दिंदै आएको छ।