बैशाख २२ गते सामुहिक गिरफ्तारी दिने जगमान गुरुङको चेतावानी

तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन्।

‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अन्यको मुद्दा खारेज गरि रिहाई नगरे २२ गते सामुहिक गिरफ्तारी दिने उनले बताएका हुन्।  उनले सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्। उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताएका छन्।  साथै उनले तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको बताएका छन्।

उनले भने ,‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *