गैरकानुनी हिसाबले आफुलाई पक्रिएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिदै रबि

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन् ।

सभापति लामिछानेको पक्राउ गैरकानुनी भएको भन्दै उनका तर्फबाट दलका नेताहरू मानव अधिकार आयोग जाने भएका हुन् ।

सभापति लामिछानेको पक्राउ गैरकानुनी हो र पक्राउ गर्दा प्रहरी ज्यादती भएको रास्वपाको निष्कर्ष रहेको छ।  उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेश लगत्तै लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *