रबि लामिछाने जेल चलान

राष्ट्रिय स्वतन्त्र पार्टी रस्वापाका सभापती रबि लामिछानेलाई सोमबार पूर्पक्षका लागि थुनामा पठाइएको छ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेपछि उनलाई पक्राउ गरेर पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिएका छन्।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *