नेपाल यू–१९ महिला क्रिकेट टोलीले आगामी ICC Women’s Under-19 T20 World Cup को तयारीस्वरूप दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
नेपाल क्रिकेट संघ (CAN) का अनुसार नेपाली टोलीले नोभेम्बर ३ देखि ८, २०२६ सम्म चीनमा आयोजना हुने Belt and Road U19 Girls T20I प्रतियोगिता खेल्नेछ। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका टोली सहभागी हुनेछन्।
त्यसैगरी, नेपालले नोभेम्बर १० देखि २२, २०२६ सम्म भारतको बैङ्गलोरमा आयोजना हुने त्रिदेशीय शृङ्खला (Tri-Series) मा पनि प्रतिस्पर्धा गर्नेछ। उक्त शृङ्खलामा नेपाल यू–१९ महिला टोलीले भारत यू–१९ महिला ‘ए’ र भारत यू–१९ महिला ‘बी’ टोलीसँग खेल्नेछ।
आगामी विश्वकपलाई लक्षित गर्दै नेपाली टोलीले यी दुई प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउनेछ।

