NPL III का खेलले ICC बाट पाए List A T-20 मान्यता

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणका खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले List A T-20 मान्यता प्रदान गरेको छ।

नेपाल क्रिकेट संघ (CAN) ले अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलले ICC बाट मान्यता पाएको जानकारी दिएको हो।

CAN का अनुसार प्रतियोगिताका खेलले List A T-20 को आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने दिशामा यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

NPL III List A T-20 Release

Leave a Reply

Your email address will not be published. Required fields are marked *