नेपाल क्रिकेट संघ (CAN) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL III) मा Decision Review System (DRS) लागू गर्ने भएको छ।
CAN का अनुसार अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलमा DRS प्रयोग गरिनेछ।
DRS लागू भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको छ। दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। त्यस्तै, एक खेल मात्र हुने दिन खेल साँझ ५ बजे सुरु हुने CAN ले जनाएको छ।
परिवर्तित खेल तालिका नेपाल क्रिकेट संघले सार्वजनिक गरेको सूचनासँगै उपलब्ध गराइएको छ।

