नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले वृद्धि हुँदै ४ हजार ४८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
