काठमाडौं – इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ परेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानका रिभोलुसनरी गाड्र्स कप्र्सका मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका हुन्।
कासिमकी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ। सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन।
दुवै जना अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को हिरासत रहेको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आइआरजिसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो।
उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पनि जनाक्ष्इको छ।
सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ।
इरानी पूर्व सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए।
