नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेको रोग सरेपछि आफूहरू पनि बिरामी भएको बताएका छन्।
प्रचण्ड भनछन् , ‘ ‘कांग्रेससँग नजिक हुँदा कांग्रेसको रोग सर्यो, एमालेसँग नजिक हुँदा एमालेको रोग सर्यो र हामी पनि बिरामी भयौँ। यसपछि जनतासँग जुन भावनात्मक र विचारको सम्बन्ध थियो, त्यो टुट्न खोज्यो,’। ‘ उपचार गर्नका लागि अस्पताल त नजिकै थिए। तर, यो रोग अस्पतालमा गएर सन्चो हुने बिराम थिएन, यो जनताको बीचमा गएर मात्रै सन्चो हुने बिमार पर्यो। त्यसैले आएका छौँ,’
दाहालले आफूहरूलाई लागेको रोगको उपचार अस्पतालबाट नभई जनताबाट हुने बताएका छन्। जनता नै सर्वोच्च फैसलाकर्ता भएको भन्दै दाहालले पीडित वर्ग समुदायका लागि एकपटक माओवादी केन्द्र नै अगाडि आउनुपर्ने दाबी पनि गरेका छन्।
