मेयर बालेनले हटाए ,मेरो माया लाग्छ ? भन्ने स्टाटस, डिलिट गरेपछि झन् बढी चर्चामा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन् शाहले आफ्नो फेसबुकबाट सनिबार राति लेखेको स्टाटस हटाएका छन् ।

गएराति करिब १० बजे ‘मेरो माया लाग्छ ?’ भन्दै उनले स्टाटस पोस्ट गरेका थिए । पोस्टमा २ घण्टाभित्र नै एक लाख ३० हजारभन्दा बढी रियाक्सन र हजारौं कमेन्ट तथा शेयर आएको थियो । हिजो राति ‘मेरो माया लाग्छ ?’ भन्दै लेखिएको स्टाटस आइतबार बिहानदेखि उनको फेसबुकमा देखिएको छैन । उनले त्यो स्टाटस लेखेको केही समयपछि डिलिट गरेपछि झन् बढी चर्चामा आएको हो। शाहले उक्त स्टाटस कुन सन्दर्भमा लेखेका थिए र किन हटाए भन्नेबारे इस्पस्ट पारेका छैनन् । अर्कातिर सामाजिक संजाल प्रयोगकर्ताहरुले भने उक्त स्टाटसलाइ लिएर विभिन्न चर्चा र टिप्पणी गर्न थालेका छन्।

उनी बेलाबेलामा फेसबुकमा स्टाटस लेख्ने गर्छन् । उनका स्टाटसले निकै चर्चा र विवादसमेत निम्त्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *