प्रधानमन्त्री ओलीले पद र पावरको दुरुपयोग गरेको आम जनता पार्टी आरोप

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पद र पावरको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

आजपा अध्यक्ष साहले सुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले २०८० सालको असोजमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पदमुक्त गराएको आजपा अध्यक्ष साहले जनाएका छन् ।

यदी बिजय महतोको पार्टी प्रवेश बैध हो भने रिनाकुमारी साहको पदमुक्त के हो ?’ अध्यक्ष साहले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अलिकति लाजको पनि इज्जत राखिदिनुस् । तपाईको दोहोरो चरित्रले देशले धेरै दुख पाईसके । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *