नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् ।
राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको एउटा उदाहरण भएको उनले बताएका छन् । उनले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले ।’
राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक घटनाको उदाहरण दिँदै उनले उमुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताएका छन्।
