आफ्ना नागरिकलाई अमेरिका यात्रा नगर्न चीनको चेतावनी

चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको  छ । यसमा, मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि सावधानीपूर्वक यात्रा गर्नु,  जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनिएको छ । यसमा चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ ।

अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४चौरासी प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो । यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *