काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लाई सम्मान गरिएको छ। नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घ ले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको अवसरमा थापालाई खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरेको जनाएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकाल सहित पदाधिकारी तथा सदस्यहरूको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्ध नेपालको लक्ष्यसहित नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै थापालाई सम्मान गरेको हो।
साथै, सङ्घले होटल, पर्यटन तथा व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा व्यवसाय क्षेत्रको सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने विश्वास व्यक्त गरेको छ।
