के तपाई धेरै मात्रामा लसुन र प्याज खानुहुन्छ ?? ध्यान दिनुहोस हुन सक्छन यस्ता नकारात्मक असरहरु
लसुन र प्याज हाम्रो खानाको अभिन्न अङ्ग हो। लसुन र प्याजमा एन्टिअक्सिडेन्ट,एन्टी–ब्याक्टे
त्यस्तै धेरै लसुन र प्याज खाँदा शरीरमा केही नकारात्मक असर पर्न सक्छ । आज हामी धेरै लसुन प्याज खाँदाका नकारात्मक असरहरु र सही मात्रामा सेवन गर्नु किन महत्त्वपूर्ण छ भनेर बताउनेछौ।
* छालाको समस्या ;
धेरै लसुन खाँदा छालामा एलर्जी वा दाग हुन सक्छ । यसले शरीरको तापक्रम पनि बढाउन सक्छ । यसले छाला चिलाउने र जलन हुने र पसिनाको दुर्गन्ध जस्ता समस्या निम्त्याउन सक्छ ।
* पाचनसम्बन्धी समस्या ;
लसुन र प्याजमा सल्फर तत्वहरू हुन्छन् । धेरै मात्रामा यी दुई वस्तु सेवन गर्दा पेट दुख्ने र एसिडीटी निम्त्याउने हुनसक्छ । यसले पेट फुल्ने र ग्यास बन्ने, पेट दुख्ने र अपच हुने समस्या निम्त्याउन सक्छ ।
* टाउको दुख्ने र माइग्रेन ;
लसुनमा एलाइल मिथाइल सल्फाइड पाइन्छ । यसलाई धेरै मात्रामा सेवन गर्दा टाउको दुख्ने र माइग्रेन जस्ता समस्या हुन सक्छ । यसले मानसिक तनाव र अनिद्रा पनि निम्त्याउन सक्छ ।
लसुन र प्याज सीमित मात्रामा खाँदा कुनै पनि साइड इफेक्ट बिना नै यसको पोषक तत्त्वको फाइदा लिन सकिन्छ । सही मात्रामा सेवन गर्दा, यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।
*सहि मात्र भन्नाले कति हो त ??
दैनिक १ देखि २ पोटी लसुन र १ मध्यम आकारको प्याज पर्याप्त हुन्छ । काँचोको सट्टा पकाएर खानुहोस् । यसले तिनीहरूको मसलादार प्रभाव कम गर्नेछ ।
तपाईंलाई पहिले नै कुनै स्वास्थ्य समस्या छ भने डाक्टर वा पोषण विशेषज्ञसँग परामर्श गर्नुहोस् ।
