राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया लाजमर्दो रहेको टिप्पणी गरेका छन् ।
लामिछानेलाई पक्राउपुर्जी अथवा अदालतको आदेशको पूर्णपाठविना जबर्जस्ती आएर उठाएर लिएर गएको उनले बताएका छन्। ‘रविजीले म गिरफ्तारी दिन्छु भन्नु भएको थियो । केही समय दिनुस् भन्दै हुनुहुन्थ्यो । हामीले संयमता सहित प्रहरीहरुसँग संवाद गर्दैगर्दा उहाँहरुको आदेश लाजमर्दो थियो । कानुन हातमा लिएकाहरुले र्दिएको आदेश साँच्चै लाजमर्दो थियो,’– उनले भने ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेश खारेज गर्दै थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशपछि लामिछाने शुक्रबार बेलुका नै पक्राउ परिसकेका छन् ।
