दुर्गा प्रसाईंको खोजी गर्न भारत पुगे नेपाल प्रहरी टोलि

दुर्गा प्रसाईंको खोजी गर्न भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको एक बिसेस टोलि भारत पुगेको छ।

प्रहरी स्रोतका अनुसार, प्रसाईं सुरुमा भारतको उत्तर प्रदेश पुगेको सूचनाका आधारमा प्रहरीको टोली उत्तर प्रदेश गएको हो । त्यहाँबाट समेत उनी अन्त भागेको आशंका गरिएको छ । तर भारतमा उनी कहाँ लुकेका छन् भन्नेबारे प्रहरीले विवरण पाएको छैन । केहि दिन अगाडी उत्तर प्रदेश पुगेको प्रहरी टोलि अझै पनि नेपाल फर्केको छैन।
प्रसाईं भारतीय हिन्दू संगठन आर एस एसको सम्पर्कमा पुगेको दाबी सुरक्षा निकायको छ ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीनकुनेबाट ललितपुर भाग्दै गर्दा प्रसाईंले प्रयोग गरेको बि ए बि ४२०८ नम्बरको स्कार्पियो गाडी भने इटहरीबाट बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *